२०८१ माघ ५ गते आइतवार

ईप्रका पोखरियाको सक्रियता, भंसार छलीका लाखौ मुल्य बराबरको कपडा बरामद



राजन कुमार बानिया / पर्सा १० भदौ / पर्साको बिन्दबासनी गाउँपालिका बाट आज बिहान ईलाका प्रहरी कार्यालय पोखरियाले लाखौं मुल्य बराबरकोे कपडा बरामद गरेको छ।भारतको भेलाही बजार बाट अबैध रुपमा भन्सार छली गरि नेपाल भित्राएको अवस्थामा पोखरिया प्रहरीले करिब दुई लाख बराबरको अबैध कपडा बरामद गरिएको छ। बरामद गरिएको कपडामा साडि १ सय ६३ पिस, कुर्था सुट १७ पिस, थानको कपडा २ थान गरि १ लाख ९६ हजार ५०० सय बराबरको कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालले जनाएका छन। बरामद गरिएको कपडा ईलाका प्रहरी कार्यालय पोखरियाले बिरगंज भन्सार बुझाएको प्रहरीले जनाएका छन।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते सोमवार