२०८१ असोज १ गते बुधवार

राष्ट्रिय निजि तथा आबासिय विद्यालय एसोसिएसन नेपाल,तुल्सिपुर नगर द्वारा नबनिर्बाचित नगर प्रमुख उपप्रमुख लाई बधाई तथा सम्मान



डिल्लीराज भुसाल
तुल्सिपुर
जेष्ठ २७
राष्ट्रिय निजि तथा आबासिय विद्यालय एसोसिएसन नेपाल ( नेसनल प्याब्सन ,तुल्सिपुर दाङ) ले स्थानीय निर्बाचनमा निर्बाचित तुल्सिपुर उपमहानगरपालिकाका मेयर तथा उपमेयर लाई बधाई तथा सम्मान गरेको छ।
एनप्याबसन तुल्सिपुरका अध्यक्ष सालिकराम कार्की को अध्यक्षता एबम तुल्सिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्य एबम उपमहानगरपालिका उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

तुल्सिपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का लाई कार्यसफलताको शुभकामना को कामना गर्दै खादा र माला लगाइदिदै एनप्याबसन तुल्सिपुर नगर अध्यक्ष शालिकराम कार्कि

निर्बाचित नगर प्रमुख एबम उपप्रमुखलाई एनप्याबसन तुल्सिपुर नगर अध्यक्ष शालिकराम कार्कीले माला, खादा ,टीका र मायाको चिनो प्रदान गरि सम्मान एबम बधाई ज्ञापन गर्नु भयो।


सम्मान ग्रहण पश्चात् बोल्दै प्रमुख अतिथि तुल्सिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले निजि तथा संस्थागत विद्यालयले देशमा दक्ष जनशक्ति निर्माण र रास्ट्रमा रहेको बौद्धिक बेरोजगारी समस्य हलगर्न सहयोग गरेको ले राज्यले पनि संस्थागत विद्यालयलाई सौतेनी व्यबहार गर्न नहुने बताउनु भयो। राज्य बाट कुनै सेवा सुबिधा नलिएर राज्यको शैक्षिक गुणस्तर सुधार गर्न गरेको प्रयास को उच्च प्रशम्सा गर्नु भयो।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथी एबम उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले शिक्षा र स्वास्थ मा सुधार ,जिबन निर्देशित शिक्षा दिन एनप्याबसन ले गरेको कार्य प्रती आभार प्रकट गर्नु भयो साथै उहाले तुल्सिपुर उपमहानगरपालिका भित्र संस्थागत विद्यालयका ड्रेस ,किताब मा एकरुपता दिन निजि बिद्यालयका संचालकहरु लाई अनुरोध गर्नु भयो।


बिशिस्ट अतिथि एनप्याबसनका केन्द्रिय सदस्य प्रकाश् शर्माले सामुदायिक विद्यालय लाई सरकारले सौतेनी व्यबहार नगर्न र स्थानीय पालिकामा शैक्षिक सुधार ,नीतिनिर्माण मा संस्थागत विद्यालयलाई साथ मा लिन आग्रह गर्नु भयो।


कार्यक्रम मा नेसनल प्याब्सन लुम्बिनी प्रदेश सदस्य केबि न्यौपाने , एनप्याबसन दाङ का अध्यक्ष बिमल गौतमले निर्बाचित प्रतिनिधिहरु लाई बधाई तथा कार्यकुशलता र शुसासन सहित को जनअपेक्षा अनुरुप कार्य गर्न अनुरोध गर्नु भयो।

एनप्याब्सन तुल्सिपुर उपमहानगरपालिका उपाध्यक्ष सुमन के सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन एनप्याब्सन तुल्सिपुर नगर कोषाध्यक्ष हरि भन्डारी ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार