
जेष्ठ २६
आइसीसी विश्वकप क्रिकेट लिग- दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ
अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९:१५ बजेदेखि सुरु हुनेछ। नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ। आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाबमा छ, तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन।
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार