
चैत्र १० गते – मधेश प्रदेशमा खेलकुदको विकासलाई तीव्र बनाउन खेलकुद तथा समाज कल्याण मन्त्रालयले प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रमको उद्घाटन आज जनकपुरधाममा खेलकुद मन्त्री जयसवालले गरे।
मन्त्री जयसवालले उद्घाटन समारोहमा बोल्दै खेलकुद क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गरे। उनले प्रशिक्षक र प्रशासनिक कर्मचारीहरूको सीप अभिवृद्धिले खेलाडीहरूलाई प्रभावकारी प्रशिक्षण दिन सहयोग पुग्ने र खेलकुद व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममार्फत प्रशिक्षकहरूको दक्षता बढाइने तथा खेलकुद सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाइने लक्ष्य राखिएको छ। मन्त्री जयसवालको यो पहलले मधेश प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग पुग्ने र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।