२०८१ माघ २७ गते सोमवार

५० हजार राशीको खुल्ला भलिबल प्रतियोगितामा क्वालिटी एजुकेशन सेन्टर प्रथम



टेक मगर,

कार्तिक १४ रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारमा ५० हजारको भलिबल खेल सम्पन्न भएको छ ।

त्रिवेणी स्पोर्ट्स क्लबद्वारा सञ्चालित त्रिवेणी पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ कार्तिक १ गतेबाट सुरु भएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै ९ गतेबाट भलिबल प्रतियोगिता पनि सुरु गरेको थियो । भलिबल प्रतियोगिता हिजो १३ गते सम्पन्न भएको छ ।

भलिबल प्रतियोगिताको पुरस्कारहरू महोत्सवको अन्तिम दिन पुरस्कार वितरण गरिने आयोजकले बताएको छ । भलिबलमा प्रथम हुनेले ५० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्, दृतीय पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्, त्यस्तै तृतीय हुनेले तृतीय पुरस्कार १५००० सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

क्वालिटी एजुकेसन सेन्टरले प्रथम जित हासिल गरेको छ, सयपत्री सदाबहार युवा क्लबले दृतीय जित हासिल गरेको छ, तरुण दलले तृतीय जित हासिल गरेको छ ।

उक्त भलिबल प्रतियोगितामा खेलाडीहरूलाई सम्मान गरिएको छ। भलिबल प्रतियोगिताबाट भलिबल ५० हजारको भएको थियो र उक्त प्रतियोगिताबाट बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट लिब्रो, बेस्ट कोच गरी सात प्रकारको खेलाडी छनोट गरी खेलाडीलाई सम्मान समेत गरिएको छ ।

बेस्ट प्लेयरमा छवि घर्ती मगर, बेस्ट स्पाइकरमा दिनेश कवर, बेस्ट लिफ्टरमा मानसिंह बिक, व्यस्त ब्लकरमा चिरण खड्का, व्यस्त लिब्रोमा अभिषेक ओली, र बेस्ट कोचमा सुरेश सोम मगर छनोट भएका थिए। यो ठाउँबाट अन्य स्थानसम्म भलिबल खेल्न पुग्ने खेलाडीहरू लाई पनि सम्मान गरिएको थियो। लुम्बिनी प्रदेश क्याप्टेन चिरण खड्का, लुम्बिनी प्रदेश खेलाडी दिनेश ओली, लुम्बिनी प्रदेश खेलाडी छवि घर्ती मगर र लुम्बिनी कर्णाली प्रदेश खेलाडी अनिस शाही ठकुरी लाई आयोजकले सम्मान गरेको थियो ।

महोत्सवमा हिजो स्थानीय कलाकार हरूको बेजोड प्रस्तुतिसँगै खुमन अधिकारीले विशेष प्रस्तुति राख्नुभएको थियो । विभिन्न सांगीतिक कोसेलीसँगै दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । साँझसम्म दर्शकको भीड थामी नसक्नु थियो ।

आज १४ गते को मुख्य आकर्षक रमेश राज भट्टराई (बहुला) को विशेष प्रस्तुति रहने आयोजकले बताएको छ । कुलानन्द गिरीको विशेष प्रस्तुतिसँगै स्थानीय कलाकार र डान्सरको विशेष प्रस्तुति रहने आयोजकले बताएको छ। कार्यक्रम सञ्चालिका प्रिति स्वर्णाकार कार्यक्रम सञ्चालक आर्जे रास्कोटी मगर ले कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते बुधवार