
बैशाख ३१
हिजो सम्पन्न भएको स्थानीय तहको निर्बाचन अन्तर्गत तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ स्थिति मतदान केन्द्र मा हिजो जनताका प्रतिनिधि छान्ने काम को लागि मतदान भयो तर त्यही मतदान केन्द्र मा निर्बाचन को लागि खटिएका निर्बाचन कार्यालय का कर्मचारीहरु,सुरक्षाकर्मी,राजनैतिकदलहरु साथै आममतदाताहरुले निर्बाचन को समयमा खाएर फालेका पानीका बोतल ,कागज प्लास्टिक आदिले शिक्षा को मन्दिर उमाबी कालाखोला को प्राङ्गणमा प्लास्टिक जन्यफोहोर यत्रतत्र छरिएर कुरुप भएको थियोे ।

निर्बाचन सम्पन्न भए पछि निर्बाचन टोलि , सुरक्षाकर्मी वा राजनीतिक दलहरु ले उक्त स्थान सफा गर्न कुनै चासो देखाएको पाईएन। सोहि क्रममा नेकपा समर्थित वार्ड अध्यक्षका स्वतन्त्र उम्मेदवार भिम बहादुर डागी ( किरण) को नेतृत्वमा स्थानीयहरु ले उक्त मतदान केन्द्रको सफाइ गरेका छ्न।


आफू अन्य सम्सदबादी दल जस्तो नभएको परिबर्तन आफै बाट सुरु गर्नु पर्ने भएको ले आज निर्बाचन केन्द्र मा आएर सफाई गरेको उहाँले बताउनु भयो।