२०८१ असार १२ गते मङ्गलवार

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी तुल्सिपुर ३ रानागाउमा दुर्घटना




बैशाख २९

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ।
सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार