२०८० मङ्सिर २४ गते आइतवार

आज मातातीर्थ औंसी




बैशाख १७
आमालाई सम्मान गरी आज शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् ।

हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार