
चैत्र १७
तुल्सिपुर ३ रानागाउँका ऋषि परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा आज पुरा भएको छ । गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गर्नुभएका परियारले पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर आज विहिवार दिउँसो पौने एक बजे समापन गर्नुभएको छ ।
उहाले मेचीमहाकाली सम्मको एक हजार २४ किलोमिटर दुरी उल्टो हिडेर दुई महिना दुई दिनमा पुरा गर्नुभएको छ ।
उहाले दुई महिनामा यात्रा पुरा गर्ने लक्ष्य राखेकोमा दुई दिन बढि समय लगाएर यात्रा पुरा गर्नुभएको छ । देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सुरु गर्नुभएका उहाले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा नारा दिनुभएको छ ।
सबैबाट राम्रो साथ र सहयोग पाएको हुदा आफु लक्ष्यमा पुग्न सफल भएको उहाले बताउनुभयो । उहाले आफनो यात्रामा सहयोग गर्ने आम नागरिक, सुरक्षाकर्मी, प्रशासन, संचारकर्मी तथा पत्रकार सबैमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।उल्टो हिडेर पनि मेची महाकाली पुग्न सकिदो रहिछ भन्ने प्रमाणित गर्न पाएको आफु ज्यादै खुशी भएको उहाले बताउनुभयो । आगामी दिनमा पनि यसै गरी रचनात्मक काम गरेर देखाउने उहाले बताउनुभयो ।