चैत्र ०७
राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन सोमबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ ।
काठमाडौंस्थित राहदानी विभागमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरु र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । छलफल कार्यक्रम विशेष गरी राहदानीको उच्च माग र यसको व्यवस्थापन सम्बन्धमा केन्द्रित रहेको विभागद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार