२०८२ बैशाख ५ गते शनिवार

रानिघाट युबा क्लबको भवन शिलान्यास तथा प्रथम साधारण सभा सम्पन्न



फाल्गुन १४
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ स्थित रानिघाट युबा क्लबको प्रथम साधारण सभा एबम भबनको आज शिलान्यास गरिएको छ।


क्लबका अध्यक्ष नारायण न्युपानेको अध्यक्षता तथा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य एबम क्लबका सल्लाहकार राम बहादुर जि.सि को प्रमुख आतिथ्यता तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ घुसरी मा शिलान्यास गरिएको छ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जि.सि.ले क्लबले स्थापनको छोटो समयमै उल्लेखनीय कार्य गरेको बताउनु भयो। क्लबले कोरोना महामारीको समयमा जनताको सामु महत्त्वपूर्ण कार्य गरेको र तुलसीपुर उपमहानगरपालिका वार्ड न ७ भरिनै कोरोना सचेतता तथा मास्क बितरण कार्य गरेको र अहिलेको तिहारमा खेलेको देउसी- भैलो बाट सन्कलित रकम बाट क्लब को भवन बनाउने उल्लेखनीय कार्य गरेको बताउनु भयो।
त्यस्तै कार्यक्रम का बिशिस्ट अतिथि एबम धारापानी सामुदायिक बन तथा उपभोक्त समितीका अध्यक्ष दिपक के.सि.ले क्लबले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। युवाहरुले बिशेषतः खेल जगतमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले क्लबले खेलकुद तथा अनुशासनको कार्यलाई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।


उक्त कार्यक्रम लाई बेत्रावती टोल बिकास संस्थाका अध्यक्ष विष्णु प्रसाद भुसाल ,घुसरी टोल विकास संस्थाका सचिव तीर्थ बहादुर खत्री, क्लब का उपाध्यक्ष सुरज केसि,शिबशक्ती बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष बुद्धिराम भुसाल, बलबहादुर खत्री आदि ले मन्तव्य राख्नु भएको थियो।
क्लबको भवन निर्माणका लागि विभिन्न दाताहरु ले सहयोग गर्नु भएको छ। जस अन्तर्गत दाताहरु को नामावलि यस प्रकार रहेको छ:
निर्माण ब्याबासायी गेहेन्द्र गिरि:५१००
वार्ड सदस्य रामबहादुर जिसि: ५००५
जय हनुमान फिक्स चिम्नी ईट्टा उद्योग :५०००
लाल बहादुर खत्री :१०००

क्लब का सचिब डिल्लीराज भुसाल ले क्लब को बार्षिक आयब्याय विवरण प्रस्तुत गर्नु भएको थियो।


क्लबकि सहसचिव रमा केसि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन क्लब का सचिब डिल्लीराज भुसाल ले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार