२०८१ कार्तिक १९ गते मङ्गलवार

कोभिड-१९ शिक्षा प्रतिकार्य तथा सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग कार्यक्रम रोल्पामा सम्पन्न




फाल्गुन ९
त्रिवेणी गाउँपालिका, हुरेक नेपाल रोल्पा र युनिसेफको सहयोग, समन्वय तथा साझेदारीमा सञ्चालन हुन लागेको “कोभिड-१९ शिक्षा प्रतिकार्य तथा सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग परियोजना सम्बन्धि छलफल कार्यक्रम त्रिवेणी गाउँपालिकाको जुगारमा सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिशिस्ट अथिति त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा घर्ती ,अथितिहरुमा हुरेक नेपाल रोल्पाका अध्यक्ष घनश्याम आचार्य, त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुख गंगालाल यादव , त्रिवेणी गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरु ,शिक्षक मंहासघ त्रिवेणी गाउँपालिका अध्यक्ष पुर्ण घर्ती ,प्रहरी चौकी जुगारका इन्चार्ज नन्द कुमार पोख्रेल , हुरेक नेपाल रोल्पाका कार्यकारी निर्देशक राजु आचार्य, रेडियो पल्लवीका अमृत वली , गाउँपालिकाका सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगाएतको आथित्यता रहेको थियो ।

छलफल कार्यक्रमा टोल शिक्षा कार्यक्रम र सुरक्षित खानेपानीको बारे छलफल भएको थियो ।। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वलीले हुरेक नेपालले र युनिसेफले बिबिध कार्यक्रमहरु ल्याएर त्रिवेणी गाउँपालिकाको समृद्धिमा इट्टा थप्ने काम गरेको भन्दा आभार प्रकटका साथै धन्यवाद व्यक्त गर्नुभएको थियो ।। शिक्षा प्रतिकार्य सम्बन्धि प्रशिक्षण हुरेक नेपाल रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डागिले दिनुभएको थियोे भने सुरक्षित खानेपानी सम्बन्धि प्रशिक्षण हुरेकका अबिलक अधिकृत भक्त बहादुर बस्नेतले दिनुभएको हो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार