२०८० मङ्सिर १२ गते मङ्गलवार

सपना, संघर्ष अनि सफलता एक सारंश



कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि । तर, समय परिवर्तनशील छ । मान्छेले गरेको सच्चा मेहनत र लगनअनुसारले समय परिवर्तन भइरहन्छ । त्यसैले यो दुनियाँमा असम्भवजस्तो कुरा केही नभएको मानिसहरूले बुझ्न थालेका छन् । त्यसो त हेर्ने हो भने आजसम्म मानिसले जति पनि सफलता प्राप्त गरेका छन्, ती सबै प्रायः सुरुवातमा असम्भवजस्तै देखिन्थे । चाहे त्यो सपना ३४० इसापूर्वको अलेक्जेन्डर महान्को विश्व बिजयी सपना होस् वा यस समयको एलोन मस्कको बिना चालक पनि चल्न सक्ने सवारी साधनको । एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुग्छु भन्नु, राइट ब्रदरले मानिसले हावामा उडेर यात्रा गर्न सकिन्छ भन्नु, रोनाल्ड रेगनले मान्छे चन्द्रमा पनि जान सक्छ भन्नु, प्रायः त्यो समयमा यी कुरा हास्यास्पद र असम्भव लाग्थ्यो होला, तर ती सबै कुरा मानिसले प्राप्त गरे । त्यसैले सपनाले मानिसलाई ताकतवर बनाइदिएको हुन्छ र त्यही सपनाले मानिसलाई सफलताको बाटोमा डोराइ पनि रहेको हुन्छ ।
धेरै मानिस सपना पूरा गर्न नसकिने डरले सपना नै देख्दैनन् । उनीहरूको साथमा जहिले पनि बहाना तयार हुन्छ । कहिले परिवारको, कहिले साथीभाइको तथा कहिले समयको बाध्यताको बहाना बनाउने चलन मानिसले आफ्नो सुविधाका लागि नै बनाउँछ । यस्तै, आफ्नो गच्छे र दक्षअनुसारको सपना देख्नुपर्छ भन्ने मानिसहरूको पनि कमी छैन यो संसारमा । सत्यता यदि त्यही हो भने मानिसले आफ्नो गच्छे र दक्षअनुसारले सपना देखेको भए अब्राहम लिङ्कन, महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, थोमस अल्बा एडिसन, बिल गेट्सजस्ता मानिसहरूलाई हामीले चिन्दैनथ्यौ होला । यदि यस्ता व्यक्तिहरूले अरू मानिसहरूको चाहनाअनुसारले आफ्नो सपनालाई खुम्च्याएको भए आज हामी फरक दुनियाँमा बाँचिरहेका हुने थियौं ।
तर, सपना देख्नु र त्यसलाई प्राप्त गर्नु त्यति सजिलो पनि छैन । पहिलो त धेरै मानिसको जीवनमा केही सपना नै हुँदैन । उनीहरू बिनालक्ष्य तथा उद्देश्य जीवन बाँचिरहेका हुन्छन् । अझ कहिलेकाहीं त उनीहरू बाँचिरहेका छन् कि छैनन् भनेर पनि शंका लाग्छ । किनकि उनीहरू दैनिन्दिनी नै जिन्दगी बाँच्नु हो भन्ने भ्रम पालेर बसेका हुन्छन् । जसका सपना हुन्छन्, उनीहरूमध्ये पनि धेरैले आफ्नो सपना साकार पार्न काम गरिरहेका हुँदैनन् । मात्र समय व्यतीत गरिरहेका हुन्छन् । किनभने उनीहरूलाई राम्रोसँग थाहा छ कि बाटो आगाडि कठिन हुने वाला छ । सामान्य मानिसले जोखिम लिन चाहन्न । त्यसैले उसका सपना सपनामात्र रहिरहन्छन् । मानिसले जोखिम नलिने तथा नयाँ काम वा परिस्थितिको सामना गर्न डराउने हो भने पृथ्वीमा आज विकास भएका कुनै पनि साधन वा व्यवस्था हुँदैनथ्यो होला । आज पनि मानिस आप्mनो समूह बनाएर जंगलमा नै गुजारा चलाएर बसिरहेका हुन्थ्यो होला ।
यस्तै, केही मानिसले त आफ्नो एर्क–दुई प्रयासपछि पनि असफलता बेहोर्नुपरेकाले आफ्नो सपना नै पूरा नहुने रै’छ भनी त्यागिदिएका हुन्छन् र यो सबै पछि बचेका केही थोरै मानिस मात्रै निरन्तर आफ्नो सपनाको प्राप्तिका लागि संघर्ष गरिरहेका हुन्छन । हामै समाजमा अनुराधा कोइराला, मदन कृष्ण र हरिवंश, मानवीर पुन, कर्ण शाक्य, इन्दिरा राना मगर (लगायत अरू पनि) तिनै मानिसहरू हुन् जसले धैर्यतापूर्वक निरन्तर आफ्नो सपनालाई पछ्याइरहे, सपना पूरा गर्नका लागि काम गरिरहे र त्यसलाई पूरा पनि गरे र अझै पनि झन् ठूलो सपना बोकी त्यसलाई प्राप्त गर्न विभिन्न तरिकाले सक्रिय छन् । मानिसले देख्ने सपनाको आकार अनुसारको संघर्ष फरक छ बाकि अाकाे भागमा

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार