२०८० असोज ८ गते सोमवार

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउने मापदण्ड बन्यो




माघ ०९


गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णयलाई संशोधन गरेको छ। यसअघि सबैलाई रोक लगाउने निर्णय गरे पनि मन्त्रालयले उक्त निर्णय संशोधन गर्दै केही खुकुलो बनाएको छ।
माघ १० देखि लागू हुनेगरी मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, नेपालमा आयात निर्यात गर्ने प्रतिनिधिहरुलाई भिजिट भिसा प्रदान गर्ने जनाएको छ।

त्‍यस्तै खाडी राष्ट्रबाहेक कम्तिमा दुई देशको भ्रमण गरेकाहरुले पनि भिजिट भिसा लिन पाउने मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार