२०८३ बैशाख ३० गते बिहिवार

तुलसीपुरका मेयर टिकाराम खड्काले इन्धनको व्यवस्था गरिदिएपछि क्यान्सर पीडित नारायण नेपालीलाई गाडी मार्फत अस्पताल पठाइयो




तुलसीपुर, ३१ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–३ निवासी क्यान्सर पीडित नारायण नेपालीलाई उपचारका लागि भारत पठाइएको छ ।
क्यान्सर रोगबाट पीडित नेपालीलाई आर्थिक अभावका कारण उपचार गराउन समस्या भएपछि स्थानीय तथा सहयोगी दाताहरुले रकम संकलन गरेका थिए । उपचारका लागि भारत लैजाने तयारी भइरहेका बेला तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले गाडिमा आवश्यक तेल हालिदिएपछि उनलाई सहज रुपमा भारततर्फ पठाइएको हो । गएराति नेपालीलाई गाडीमार्फत रुपैडियासम्म पुर्‍याइएको थियो । मेयर खड्कासँग समन्वय गर्दा उनले एम्बुलेन्समा तेल हालेर पठाइदिने बताएपछि बिरामीलाई तत्काल सीमासम्म लैजान सहज भएको हो ।
रुपैडियासम्म गाडिमा पुर्‍याइएका नेपालीलाई त्यसपछि भारतीय गाडीमार्फत अस्पतालतर्फ लगिएको परिवार स्रोतले जनाएको छ । स्थानीयका अनुसार आर्थिक अवस्था कमजोर भएका नारायण नेपालीको उपचारका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाइएको हो । मेयर खड्काले गाडिमा ईन्धन व्यवस्थापन गरिदिएपछि उपचारका लागि भारत लैजाने काम छिटो र सहज भएको पारिवारिक स्रोतले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बिहिवार