२०८० चैत्र १५ गते बिहिवार

कम्युनिष्ट पार्टी विभाजन पछि रोल्पामा एमाले झन बलियो भएको जिएमको : भनाइ



अमृत वली
रोल्पा

नेकपा एमालेका केन्द्रिय सदस्य तथा रोल्पा जिल्लाका सह-इन्चार्ज इश्वरी जि.एमले नेकपा माओवादी र एमाले मिलि बनेको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमै फरक फरक पार्टीको रुपमा विभाजित भएपछि रोल्पामा एमाले झन बलियो बनेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिको ११ औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै घर्तीले यस्तो बताउनुभएको हो । कतिपयले नेकपा एमाले फुटेको भने पनि नेकपा एमाले नफुटेको तर कहि अवसरवादीहरु चोइटिएर गएको बताउनुभयो । नेकपा एमालेबाट केहि व्यक्तिहरु चोइटिएर गएपनि रोल्पामा त्यसको कुनै प्रभाव नपरेको उहाँले बताउनुभयो । जिल्ला सचिव निम प्रसाद रोकाको दु:खद निधनका कारण नेकपा एमाले रोल्पाको पौष २३ गते गर्ने भनिएको छैटौं जिल्ला अधिवेशन रोकिएको बताउदै छिट्टै बैठक बसि निर्णय गर्ने पनि उहाँले बताउनुभयो । स्वर्गीय सचिव निम प्रसाद रोका प्रति दु:ख व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्ने घर्तीले बताउनुभयो ।
हाल देशभरबाट नेकपा एमाले प्रवेश गर्नेको लहर बढेको बताउदै अबको चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्ने घर्तीले बताउनुभयो । कुनै बेला रोल्पालाई विद्रोहको नामबाट चिनिए पनि अव त्यस्तो अवस्था नभएको समेत घर्तीले बताउनुभयो । कार्यक्रममा बोल्दै घर्तीले पाँच दलिय गठबन्धनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दर्ताभएका राजनीतिक दलहरु सबै एकतिर भएपनि नेकपा एमाले एक्लै चुनाव लड्न सक्ने बताउनुभयो । पाँच दलिय गठबन्धनले स्थानीय तहका चुनाव सार्न खोजेको भन्दै निर्धारित समयमै चुनाव गराउन एमालेले शसक्त भुमिका खेल्ने घर्तीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार