पुस २१ दाङ
रमेश ओलीको लय तथा संगीतमा तयार भएको ‘माया लाकै हो’ बोलको गीत सार्वजनिक गरिएको छ गीतमा रिता केसी र आकाश मगरको सुमधुर स्वर रहेको छ भने एरेन्ज पनि आकाश मगरले गरेका छन
गीतको रेकर्डिङ साकारा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो सिनेम्याटोग्राफी विशाल परियारले गरेका छन् भने सम्पादन विनोद बमले गरेका हुन्। गीतको भिडियोमा रमेश वली र रिना गुरुङको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका हुन्।
माया–प्रेमको यथार्थ भाव र जीवन्त चिन्तनलाई समेटिएको यस गीतले प्रेम छुटिसकेपछि पनि माया कसरी मनमा जीवित रहिरहन्छ भन्ने भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। गीतमा यथार्थपरक चित्रणमार्फत दर्शक–श्रोताको मन छुने प्रयास गरिएको छ।
‘माया लाकै हो’ गीत रमेश ओलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति : २०८२ पुष २१ गते मङ्गलवार








