२०८३ बैशाख ७ गते मङ्गलवार

जनताको विश्वास, उपभोक्ताको रोजाइ – दशरथ वलि



अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा दशरथ वलि अध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएको छ। यही पौष ०९ गते हुने निर्वाचनमा अहिले उपभोक्ताको घरघरमा भोट माग्ने क्रम तीव्र गतिमा चलिरहेको छ

यसअघि संस्थाको सचिव पदमा रहेर सफल कार्यकाल पूरा गरिसक्नु भएका वलि अनुभवी र भरोसायोग्य नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। सचिव रहँदा उहाँले आर्थिक पारदर्शिता, पाइपलाइन व्यवस्थापन र उपभोक्तामैत्री सेवा विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। “एक घर, एक धारा” अभियानलाई व्यवहारमा उतार्दै धेरै घरधुरीमा खानेपानीको पहुँच पुर्‍याउन उहाँको योगदान महत्वपूर्ण रहेको उपभोक्ताहरू बताउँछन्।

अध्यक्ष पदका उम्मेदवार वलिले स्वच्छ, सुरक्षित र नियमित खानेपानी, आर्थिक पारदर्शिता तथा दीर्घकालीन मुहान संरक्षणलाई आफ्नो मुख्य प्रतिबद्धता बनाउनु भएको छ। साथै, विगतमा सुरु भएका अधुरा योजना, विशेषगरी सहलगानी र पाइपलाइन व्यवस्थापनका काम पूरा गर्ने उहाँको स्पष्ट लक्ष्य रहेको छ।

स्थानीय उपभोक्ताहरूले वलिको अनुभव, इमान्दारिता र सेवाभाव लाई उच्च मूल्यांकन गर्दै अध्यक्ष पदमा उहाँलाई समर्थन जनाएका छन्।

दशरथ वलि नै किन?

• खानेपानी समस्या नजिकबाट बुझेको अनुभवी नेतृत्व

• उपभोक्तामैत्री, सरल र सेवाभावी व्यक्तित्व

• समान पानी वितरण र व्यवस्थित पाइपलाइनको प्रतिबद्धता

• पारदर्शी, जवाफदेही र इमानदार नेतृत्व

• दिगो र गुनासामुक्त खानेपानी सेवाको स्पष्ट योजना

प्रकाशित मिति : २०८२ पुष ६ गते सोमवार