२०८१ माघ ५ गते आइतवार

वार्ड सदस्य रामबहादुर जि.सि द्वारा सहयोग बितरण




माघ ३

अरु को दुख लाई आफ्नै दुख जस्तो महसुस गर्ने यो समयमा कमै मान्छेहरु हुन्छन् ।सधै अरु को सेवामा समर्पित भई सेवा गर्ने जनप्रतिनिधि को छवि निर्माण गर्नु भएका तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य रामबहादुर जि.सि द्वारा तुल्सिपुर ७ मटेरा निबासी सुनिल भुसाल को परिवारलाई सहयोग प्रदान गर्नु भएको छ।


५० बर्षिय बुवा मित्रलाल भुसाल को मृत्यु पश्चात् अभिभावक बिहिन भएका सुनिल भुसालको परिवार लाई आज एक शोक कार्यक्रम गरि सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै वार्ड सदस्य रामबहादुर जि.सि. ले आफुले सबै को दुख लाई आफ्नै दुख जस्तो सम्झिने र दुख पर्दा अरुलाई सहयोग गर्दा आफुलाई मल्हम लगाएको महसुस हुने धारण व्यक्त गर्नु भयो। उहाले अभिभावक गुमाएका छोरा-छोरी को शिक्षा को लागि वार्ड र आफ्नो तर्फ बाट सदैव साथ र सहयोग रहने बताउनु भयो।


वार्ड सदस्य जि.सिले एक थान ग्यास , २ बोरा चामल,५ के जि दाल,४ पोका खाने तेल,३ केजि नुन ,
१पोका चिया पत्ती, २ पोका सेनिटाईजर,१पोका मास्क,१ दर्जन डिटोल साबन ,१ बण्डल लुगा धुने साबुन र नगद रु १५००रुपैया सहयोग प्रदान गर्नु भएको छ।


उक्त सहयोग लिदै सुनिल भुसालले आफ्नो दुख लाई देखेर सहयोग प्रदान गर्ने वार्ड सदस्य जि.सि.लाई धन्यवाद दिनु भयो ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार