२०८१ बैशाख ७ गते शुक्रवार

रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी




माघ १ सल्यान


रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी भएको छ ।
सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् ।
ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए ।


रेडियो तहल्का विगत दुई वर्षदेखि पुतलीबासबाट रिले प्रसारण भैरहेको छ । २०७१ सालदेखि संचालनमा आएको रेडियो तहल्काको मुख्य स्टुडियो भने सल्यान सदरमुकाम खलंगामा रहेको छ ।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार