२०८२ बैशाख ४ गते शुक्रवार

रोल्पाको त्रिवेणी गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा



अमृत वली
रोल्पा
२०७८/०९/२९ विहिवार

त्रिवेणी गाउँपालिका रोल्पालाई बिहिवार दिन एक भव्य समारोहका बिच बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ।´बालश्रम मुक्त बालबालिका , समृद्ध गाउँपालिकका´भन्ने नारालाई आत्मसात गर्दै उक्त बालश्रम मुक्त घोषणा कार्यक्रमको सभापतिमा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली , प्रमुख अथितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा , अथितिहरुमा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के:सी , त्रिवेणी गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरु, मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाका घनश्याम आचार्य ,नेपाल टेलिभिजन रोल्पा संवाददाता माधव कुमार वली , ग्यालेक्सी फोर के टेलिभिजन रोल्पा संवाददाता मिनराज रोका , रेडियो नेपालका रोल्पा संवाददाता घनश्याम के:सि , सामुदायिक रेडियो पल्लवी रोल्पाका अमृत वली , त्रिवेणी गाउँपालिका रोल्पाका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक , वडा सदस्य, बाल कल्व , शिक्षक ,बिद्यार्थि, त्रिवेणी गाउँपालिका बासिको व्यापक उपस्थितमा बालश्रम मुक्त स्थानीय तह घोषणा समारोह सम्पन्न भएको छ ।। त्रिवेणी गाउँपालिकाका प्रत्येक वडाहरुका टोलटोलमा सर्वेक्षण गरेको र उक्त वडाहरुमा ९५ प्रतिशत बालबालिकामा बालश्रम नभएको तथ्यांकको आधारमा मात्र बालश्रम मुक्त गाउँपालिका घोषणा भएको त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा घर्तीले बताउनुभयो ।
कार्यक्रमा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष शान्ति कुमार वलीले संघियता पछिको लुम्बिनी प्रदेशकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न त्रिवेणी गाउँपालिका सफल भएको दावि गर्नु भएको छ ।। यस कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण योगदान गर्ने सेभद चिल्ड्रेन , हुरेक रोल्पा धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।। भने कार्यक्रमको सहजिकरण त्रिवेणी गाउँपालिका कानुनी मामिला इकाई प्रमुख प्रेम प्रकाश पुनले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार