२०८१ माघ २४ गते शुक्रवार

फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने, मासिक तलब २ देखी ३ लाख हुने




पुस २५
युरोपेली देश फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सारेको छ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले यस्तो प्रस्ताव लिएन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग छलफल गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली नागरिकलाई फ्रान्सेली नागरिक सरह अधिकार दिएर सुरक्षागार्ड लगायतका कामदारका रुपमा लैजाने प्रस्ताव गरेका हुन् ।
साथै भाषागत रुपमा सिपालु र दक्ष कामदार लैजान समेत प्रस्ताव गरेको र सो सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।विश्वकै शक्तिशाली राष्ट्र फ्रान्समा कार्यरत सुरक्षा गार्डहरुले मासिक दुई लाख देखि तीन लाख रुपैयाँसम्म तलव सुविधा लिँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार