२०८१ माघ ५ गते आइतवार

गाउँमा ‘राजनीति निषेध’ भन्दै स्थानीय युवाले राखे ब्यानर




पुस २३
डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका-१ मालम गाउँमा ‘राजनीति निषेध’ भन्दै स्थानीय युवाले नेताहरूलाई चेतावनीका लागि ब्यानर लगाएका छन् । डडेल्धुराको अमरगढी-१ मालमका युवाहरूले विभिन्न प्रश्नसहितको ब्यानर टाँगेर नेताहरूलाई गाउँमा प्रवेश निषेध गरेका हुन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्ने डडेल्धुराको मुख्य चोक स्याउले बजारबाट मालम गाउँ जाने बाटो छ । स्याउले बजारबाट गाउँमा जाने कच्ची सडकमाथि युवाहरूले ब्यानर लगाएका छन् ।
नेताहरुले चुनावमा खाली आश्वासन मात्र दिने तर काम भने कहिल्यै पूरा नगर्ने गरेकाले चेतावनीस्वरुप युवाहरूले नेतालाई चेतना दिनका लागि आफ्नो गाउँ प्रवेश निषेध गरेको स्थानीय यवा सुरत तमोलीले बताए । उनका अनुसार चुनावको बेलामा नेताले चिल्ला गफ दिने तर भनेअनुसारको काम नगर्ने, आश्वासन मात्र दिने भएकाले नेताहरूलाई सचेत गराउनु आवश्यक रहेको जिकिर गरे । आगामी चुनावमा केही पाठ होस् भनेर उक्त उपाय लगाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार