२०८१ बैशाख १ गते शनिवार

बाघको आक्रमणबाट राप्ती सोनारीकी एक महिलाको मृत्यु




२२ पौष
बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बैजापुर जंगलमा बाघको आक्रमणबाट राप्ती सोनारी गाँउपालिका ४ प्रसोहनाकी ५२ बर्षिय लिला बिष्टको मृत्यु भएको हो ।
बिहीबार जंगलमा घाँस काट्न गएकी उनलाई मध्यान्ह १२ बजेको समयमा बाघले आक्रमण गरेको बताइएको छ । उनको शब सामुदायिक वनको घट्टखोलामा फेला परेको प्रहरीले जनाएको छ ।
गाँउका तीन जना महिलाहरु संगै तीन पाने भन्ने ठाउँमा गएका उनीहरु मध्ये बिष्टलाई बाघले एक्कासी झम्टेको थियो भने अन्य दुई जना भाग्न सफल भएका छन ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार