१८ पुस
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
आइतबार राजापुर नगरपालिका-९ बस्ने बर्ष ५४ की भुसिया थारु दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी हेम बहादुर शाहीले बताए ।
उक्त घटना बारे आइतबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत सिमा प्रहरी चौकी गोडियानामा जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार