
मङ्सिर २४।
नेपाली काङ्ग्रेसका संस्थापनइतर समूहका नेताहरू साझा उम्मेदवार चयन गर्न फेरि छलफलमा जुटेका छन् ।
सभापतिका चार आकाङ्क्षीहरू र केन्द्रीय सदस्यहरूकाे बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेकाे छ ।
महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै नेताहरू सहमतिकाे अन्तिम कसरतमा लागेका हुन् ।
महाधिवेशनको कार्यतालिका अनुसार शनिबार १० बजेबाट उम्मेदवार मनोनयनको समय तोकिएको छ । मनोनयन दर्ताका लागि केही घन्टामात्रै समय बाँकी रहँदासम्म इतर पक्षमा साझा उम्मेदवारमा सहमति जुटेको छैन ।
साे समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका दाबेदार छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार