२०८१ माघ २४ गते शुक्रवार

तुलसीपुर का एक युवकको अमेरिका जाने क्रममा बाटाेमा अचानक मृत्यु !!!!



दाङ तुलसीपुर ३ गाेटिखाेला निबासि अन्दाजी २३ बर्षिय साहिल बोहराको अमेरिका पुग्ने सपना अधुरै भएको छ । उनी गत भदौमा अमेरिका जाने भनेर साथीहरु संग घरबाट निस्कीएका थिए । तर अमेरिका नपुग्दै उनको सोमवार पेरुमा अचानक निधन भएको छ । पेरुमा साथी संगै हिडीरहेका उनी एक्कासी वेहोस भएर लडेपछि अस्पताल लगीएको र अस्पताल लगे लगतै चिकित्सकले मृत घोषणा गरेको खवर घरपरिवारलाई आएको उनका आफन्तीले जानकारी दिएका छन् । घटना बारे उनका साथीहरुले घरपरिवारलाई खवर गरीदिएका थिए ।

अमेरिका जाने सपना बोकेर विदेशीएका उनको त्यहा नपुग्दै निधन भएको छ । उनी संगै रक्षाचौरका अन्य दुई जना उनका साथीहरु पनि गएका छन् । आफु संगै गएका साथीको निधन भएपछि उनीहरु समस्यामा परेको मृतकका आफन्तीले बताएका छन् । उनीहरु अवैधानिक रुपमा अमेरिका जान लागेका थिए । अहिले सम्म लाखौ रकम खर्च भईरहेको बताईएको छ । मृतकको शवलाई नेपाल ल्याउनका लागी एजेन्ट संग सम्पर्क भईरहेको पनि ती आफन्तिले बतायका छन। मृतक बोहराको घरमा बुवाआमा र श्रीमती रहेका छन् । उनी घरका एउटा छोरा हुन्

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार