२०८० असोज ८ गते सोमवार

रुकुममा जन्ती बस दुर्घटना




मङ्सिर २०
रुकुममा दुलही लिएर जाँदै गरेकाे बस दुर्घटनामा परेकाे छ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।
घटना सोमबार साँझ साढे सात बजेतिरको हो । दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार