२०८१ माघ २४ गते शुक्रवार

दुई सय पाँच सङ्क्रमित कोरोना सन्क्रमित थपिद चार सय ३६ जना निको



मङ्सिर १९
विगत २४ घण्टामा देशभर दुई सय पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा देशभर १० हजार सात सय ४७ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चार सय ३६ जना कोरोनामुक्त भएका छन् । सो समयमा कोरोनाका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय सात रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार