
मङ्सिर १९
विश्व माटो दिवस आज (आइतबार) परेको छ । माटोको सुरक्षामा विशेष जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
विश्वमा माटो दिवसको सुरुवात थाइल्यान्डबाट भएको हो । माटो विज्ञानसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाले पनि माटो दिवस मनाउने अवधारणा ल्याएका हुन् । सन् २०१३ को संयुक्त राष्ट्रसङ्घको महासभाले भने हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने निर्णय लिएको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार