२०८१ मङ्सिर १५ गते आइतवार

भ्रष्टाचार विरुद्ध सामुदायिक शिक्षा कार्यक्रम गर्दै अख्तियार हेटौंडाको कार्यालय



मङ्सिर १३।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनमा आज बारा जिल्लाको फेटा गाउँपालिका वडा नं ३ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा भ्रष्टाचार विरुद्ध सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्ध विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने रणनीति अनुसार फेटा गाउँपालिका क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघ संस्थालाई सुशासन र भ्रष्टाचार निवारणसम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्र. सापकोटाले भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यालयका शाखा अधिकृत नर बहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार