२०८१ माघ ५ गते आइतवार

जमिनमुनिबाट बोरिङ खन्ने क्रममा ग्यास निस्कियो




मङ्सिर ०१।

काठमाडौँको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा–९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन् ।
सुरुको ४ घण्टा तीव्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगेपछि स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार