
कार्तिक ३० ।
तुलसीपुरको दोघरे प्रतापकोट हुँदै सल्यान को लुहाम जोड्ने गङालाल मार्ग अन्तर्गत पर्ने चन्द्रकान्त मोडमा आज एक कार्यक्रम गरि साईनबोर्ड राखिएको छ।

तुलसिपुर उपमहानगरपालिका वार्ड न ३ का वार्ड अध्यक्ष वीर बहादुर बिक को प्रमुख आतिथ्यता मा एक कार्यक्रम गरि साईनबोर्ड राखीएको हो। स्थानीय ब्यक्तिहरु को छलफल बाट सो मोडको नाम समाजसेबी एबम बुद्दिजिबी चन्द्रकान्त खरेल को नाम बाट राखीएको बताईएको छ।

साईनबोर्ड राखिसकेपछी को कार्यक्रम बोल्दै वार्ड अध्यक्ष वीर बहादुर बि क ले स्थानीय बुद्धिजीवी चन्द्रकान्त खरेल ले सो मार्ग मा पुर्याएको योगदानको आधारमा सो मोड को नाम राखिएको बताउनु भयो। साथै साईनबोर्ड ले दुर्घटना न्यूनीकरण गर्नमा मद्धत पुग्ने बताउनु भयो।
प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार