२०८१ माघ ५ गते आइतवार

वार्ड सदस्य रामबहादुर जि.सि. द्वारा बिपन्न कुमाल परिवार लाई खाद्यान्न सहयोग




कार्तिक २५
रोजगारीको सिलसिलामा भारतको सिम्लामा ज्यान गुमाउनु भएका तुलसीपुर ७ प्रसेनी, कुमाल गाउँ बस्ने पदम बहादुर कुमाल को परिवार लाई तुलसीपुर उपमहानगरपालिका वाड नं ७ का वार्ड सदस्य रामबहादुर जिसीले खाद्यान्न सहयोग गर्नु भएको छ।
भारतको सिम्लामा काम गर्ने क्रममा यही लक्ष्मीपुजा को दिन मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ७ कुमाल गाउँ निवासी अति बिपन्न परिवार पदम वहादुर कुमाल कि श्रीमती शान्ति कुमाल लाई आज एक कार्यक्रम गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गर्नु भएको छ।


सहयोग सामाग्री हस्तान्तरण गर्दै वार्ड सदस्य जिसीले आफूले कुनै पनि गरिब विपन्न वर्गको दुख देख्न नसक्ने बताउनुभयो। मेरो यो सानो सहयोग ले दुखको बेला परिवार लाई साथ र सहयोग मिल्नेछ र दुखको बेला म सदैब साथ रहनेछु उहाँ ले बताउनु भयो। उहाँले दुई बोरा चामल ,पाँच के.जि दाल ,दुई के.जि. चिनि, दुई पोका तेल ,दुई पोका नुन,एक प्याकेट मास्क, सेनिटाईजर, साबुन,चिया पत्ती र एक सिलिन्डर ग्यास प्रदान गर्नु भएको छ।
मृतक पदमबहादुर कुमाल कि श्रीमती शान्ति कुमालले दुःखको घडीमा साथ दिने वार्ड सदस्य रामबहादुर जिसी प्रति धन्यवाद व्यक्त गर्नुभयो।मृतक कुमाल का दुई छोरी र एक नाबालक छोरा रहेका छ्न।
उक्त सहयोग सामग्री हस्तान्तरण कार्यक्रम मा जेष्ठ नागरिक महानप्रसाद भुसाल,कृषी प्राबिधिक घनश्याम रेग्मी , वार्ड न ७ का कर्मचारी कमल बिक साथै राप्ती सन्चार का सम्पादक डिल्लीराज भुसाल को सहभागिता रहेको थियो ।
यसअगाडि पनि वार्ड सदस्य रामबहादुर जिसी बाट विभिन्न ठाउँमा विपद् मा परेक तथा विपन्न तथा सिमान्तकृत वर्गका मानिसहरुलाई राहतका सामग्री वितरण गर्दै आइरहनुभएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार