२०८१ असार ३० गते आइतवार

तिहारमा बालेको दियोले लियो एकै परिवारका चार जनाको ज्यान



कार्तिक २०
ललितपुर महानगरपालिका– १२ मा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

तिहारका लागि बालेको दियोबाट सल्लिएको आगोले ग्यास सिलिण्डर भेटेपछि सिलिण्डर बिष्फोट भएको थियो । सिलिण्डर बिष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले बताए ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २० गते शनिवार