
कार्तिक ११।
दाह्री ग्याङ्ग प्युठान, नेपो टिम प्युठान र रेभ स्क्वाड ग्रुप को सहकार्य साथै ब्यक्तिगत सहयोग र बाट संकलित सहयोगबाट प्युठानका महिलाहरुलाई सेनिटरी प्याड उपलब्ध गराइएको छ।
प्युठान न पा ६ माझकोट स्थित स्वास्थ चौकी मा महिला हरु लाई उपस्थित गराइ लगभग २०० पिस स्यानेटरी प्याड निशुल्क वितरण गरिएको छ । उक्त कार्यक्रम मा प्याड को प्रयोग र प्याड को फाइदा बारे स्वास्थ सम्बन्धि सचेतना स्वास्थकर्मी श्री आशिष थापा ले प्रस्ट पार्नु भएको थियो।
ग्रामीण क्षेत्रमा महिलाहरूको अशिक्षाको कारणले गर्दा मासिक चक्रको बेलामा प्रयोग गरिने फोहोर कपडा को कारणले गर्दा महिलाहरुलाई पाठ्यघर लगायत प्रजनन सँग सम्बन्धित समस्याहरु देखा पर्ने गर्दछन्। सो समस्या हल गर्नको लागि आजको कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाई रहेको छ।
धारी ग्याङ टोलीले आगामी दिनहरुमा पनि अन्य स्वास्थ्यसँग सम्बन्धित सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जीवन खनाल ले बताउनु भएको छ।