
कार्तिक ०९।
तिहार खर्च जुटाउन को लागि तुलसीपुर आएका राउटे समुदायका हरि बहादुर शाही लाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का वडाअध्यक्ष वीर बहादुर बि कले आर्थिक सहयोग प्रदान गर्नु भएको छ।
तुल्सिपुरमा चाड मान्नको लागि सहयोग जुटाउन आएका राउटेका समुहलाई वार्ड अध्यक्ष वीर बहादुर बि.क. (बिजय) ले दश हजार रुपैया सहयोग गर्नु भएको हो। सहयोग रकम बुझ्दै शाही ले वि क लाई हामी तुलसिपुर क्षेत्रमा बस्न आउदा तपाइकै जङ्गलमा बस्ने गरेको छौ त भनेपछी वि क ले तपाईंहरु अब छिट्टै हाम्रो गाउमा आउनुस म तपाईंहरुलाइ बस्ने घर बनाइदिन्छु भन्नु भएको थियोे ।
राउटे जाती दाङ्गको तुलसिपुर का आसपासका क्षेत्रमा र सल्यानको बनगाड कुपिन्डे नगरपालिका को जङ्गलमा बस्दै आएका छ्न।
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार