२०७९ मङ्सिर १५ गते बिहिवार

मोतिपुर बस दुर्घटना :अपडेट



कार्तिक ०७।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरमा दुर्घटनामा हुदा बस का सहचालको मृत्यु भएको छ ।
दुर्घटनामा परी बसका सहचालक घोराही-१० का बर्ष २८ का प्रेम परियारको मृत्यु भएको हो ।

दुर्घटनामा २१ जना घाईते भएका छन् । दुर्घटनामा तुलसीपुर-१८ का ६६ वर्षिय टोपबहादुर जनैदार, राप्ती गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय अशोक चौधरी, तुलसीपुर-८ का ५० वर्षिय चन्द्रा कुमारी चौधरी, तुलसीपुर-१३ का १९ वर्षिय मनिषा विक घाइते हुनुभएको छ । तुलसीपुर-१३ का २५ का किरण नेपाली, तुलसीपुर-६ मोतिपुरकी १९ वर्षिय संगिता वली, सोहि ठाउँकै २५ वर्षिय अल्फा वली, तुलसीपुर-१२ का ४५ वर्षिय सरस्वती नेपाली, तुलसीपुर-७ का ३४ मीन कुमारी विक, तुलसीपुर-१२ का ४३ वर्षिय सरस्वती विक घाइते हुनुभएको छ ।

साथै तुलसीपुर-१८ दुधरासका ५२ वर्षिय कणर्बहादुर नेपाली, शान्तिनगर-६ का २६ वर्षिय उदिराम चौधरी, गढवा-५ का ६ वर्षिय बालक अन्जन चौधरी, तुलसीपुर-११ का ४० वर्षिय कमला चलाउने घाईते हुनु भएको छ।
त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिकका ४० वर्षिय बेलमती कामी, दाङको गढवा-५ का ३० वर्षिय सीताकुमारी चौधरी, तुलसीपुर-१७ का २४ वर्षिय संगिता महर, दंगीशरण-७ का १८ वर्षिय संगीता भण्डारी, तुलसीपुर-१७ का ६४ वर्षिय खली नेपाली, सोही ठाउँकै ५९ वर्षिय धर्मबहादुर नेपाली, रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ३० मनोज विक घाइते हुनुभएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कृष्ण पुजाराले जानकारी दिनुभयो ।

घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार