
कार्तिक ०६।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । शनिवार बिहान ११ बजे भएको बम विस्फोटमा परेर दुई जना घाइते भएका छन्।
घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली उनका भाइ १४ वर्षीय नरेश परियार रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । उनीहरू घाँस काट्न गएको बेला बम विस्पोट भएको बताइएको छ । घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बम कसले राख्यो, कसरी विस्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार