२०७९ माघ १७ गते मङ्गलवार

सप्तकोशीमा हामफालेर एक पुरूष बेपत्ता



कार्तिक ०६।
सप्तकोशी ब्यारेजबाट हाम फालेर इटहरीका एक पुरुष बेपत्ता भएका छन्। इटहरी १ का ५८ वर्षीय तिलकप्रसाद दाहाल कोशीमा हाम फालेका हुन्।

शनिबार बिहान को ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा चढेर पुगेका उनी मोटरसाइकल पुलमै रोकेर चप्पल खोली हाम फालेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार मोटरसाइकलसँगै उनको लाइसेन्स, चप्पल पुलमाथि फेला परेको छ। स्थानीय माझीहरुको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार