
कार्तिक ०६
तुल्सिपुर वार्ड न ७ कालाखोला मा रहेकोे शिव मन्दिर संचालक समितिको १३औ साधारणसभा आज कालाखोला मा सम्पन्न भएको छ।
संचालक समितिका अध्यक्ष एकराज ढकाल को अध्यक्षता एबम वार्ड न ७ का वार्ड अध्यक्ष टोप बहादुर के.सि.को प्रमुख आतिथ्यता साथै वार्ड सदस्य रामबहादुर जिसि को विशिष्ट आतिथ्यता मा सम्पन्न भएको छ।
उक्त साधारण सभामा मन्दिर का कोषाध्यक्ष गजेन्द्र गुप्ताले मन्दिर को ८६७५७ बराबर को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। जस मध्य ४०३५७ आम्दानी र ४६४०० को खर्च रहेको व्यक्त गर्नु भयो।कोषाध्यक्ष का अनुसार मन्दिर लाई ६०४३ बराबर को ऋण रहेको उल्लेख गर्नु भयो ।
उक्त भेलामा वार्ड सदस्य रामबहादुर जिसि, पन्डित भोजराज रेग्मी ,समाजसेबि एबम शिवशक्ति बहुउद्देश्यीय संस्था का अध्यक्ष बुद्धिराम भुसाल, श्यामलाल पोख्रेल , दाता जगत थापा ले मन्तव्य व्यक्त गर्नु भयो।
उक्त सधारण सभाले एकराज ढकाल को अध्यक्षता मा १३ सदस्यीय मन्दिर संचालक समिती चयन गरेको छ।
उक्त साधारणसभा ले गुरु प्रसाद पोख्रेल,नारायण पोख्रेल लाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम को सहजीकरण शिबमन्दिर संचालक समितीका सचिब सुक्रराज पोख्रेल ले गर्नु भएको थियो।