कार्तिक ०६।
समाजमा गरिब दिन दुखी को दुख लाई आफ्नै दुख जस्तो सम्झिने र सहयोग गर्ने उदार दिल भएका तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य रामबहादुर जि.सि.द्वारा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ सुन्दरबस्ती निबासी नुमाराम सुवेदी लाई आठ हजार रुपैयाँ सहयोग गर्नु भएको छ।
लामो समय सम्म आन्द्रा को क्यान्सर बाट पीडित नुमाराम सुवेदी कि बर्ष ४१ कि श्रीमती तारा सुवेदी को मृत्यु पछि शोकाकुल परिवार लाई केही राहत मिलोस भनी आठ हजार रुपैयाँ सहयोग गरेको बताउनु भयो।
मृतक को घर मा आज भएको शोक कार्यक्रम मा बोल्दै सदस्य जि.सि.ले अरु को दुख लाई आफ्नै दुख को रूपमा लिने भएकाले आफुले गरेको सानो सहयोग ले एउटा ईट्टा थपेको बताउनु भयो।
मृतक का पति नुमाराम सुबेदिले सहयोग गर्ने वार्ड सदस्य लाई धन्यवाद व्यक्त गर्नु भयो।
प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार