२०८१ बैशाख ६ गते बिहिवार

किसानको खेतवारि मा ७ न वार्ड अध्यक्ष के सि




कार्तिक ०५।


बेमौसममा परेको पानीको कारण धानमा भएको क्षती को स्थलगत अनुगमनको क्रम तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का अध्यक्ष टोपबहादुर केसि को नेतृत्व मा वार्ड सदस्य रामबहादुर जि सि ,वार्ड न ७ का कर्मचारी ,रानिघाट युबा क्लब का अध्यक्ष नारायण न्यूपाने , क्लबका सचिब डिल्लीराज भुसाल एबम स्थानीय समाजसेबी ,कृषकहरु सहित को टोलीले तुल्सिपुर वार्ड न ७ अनतर्गत कालखोला ,मटेरा र मोहनपुर लगाएतका विभिन्न स्थान मा स्थलगत निरिक्षण गरेको छ।


स्थलगत निरिक्षण र लगत संकलन को क्रममा वार्ड अध्यक्ष के सि ले किसानको खेतमै पुगेर सान्त्वना प्रदान गर्ने गरेका छन् । साथै लगत संकलनमा पनि सहयोग गर्ने गरेका छन् । अहिले वडाले वडाका पीडित किसानहरुको लगत संकलन गर्ने काम भइरहेको वडाध्यक्ष के सिले बताए । उनका अनुसार भित्र्यानकालागि धान काटेर खेतमा सुकाएका तथा क्षति भएका किसानहरुको लगत संकलन गरिरहेको छ । लगत संकलनपछि राहत प्रदान गरिने उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार