
असोज ३०।
नौ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खान अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बनेसँगै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेसँगै उनलाई अस्पताल भर्ना गर्नुपर्ने बताएसँगै आजै उनलाई अस्पताल लगिएको हो । चिकित्सकका अनुसार रुबीको शरीरमा पानीको मात्रा कम रहेको पाइएको छ । २० दिनदेखि हिँडेर आएकाले रुबीको खुट्टामा घाउ भएको र सो घाउको कारण समेत रुबीलाई असहज भएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार