२०८१ बैशाख ६ गते बिहिवार

रेसुङ्गाको छहरामा जीप दुर्घटना: ३ जनाको मृत्यु



असोज २९।
बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटनामा परेको छ । तम्घास जादैँ गरेको जिप रेसुङ्गाको छहरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

विहीबार राति ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खस्दा ३ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेका छन् ।

जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार