२०८० जेष्ठ २७ गते शनिवार

महोत्तरीमा भूत मेलाको तयारी पूरा



असोज २५।
​​​​​​​महोत्तरीको औरही नगरपालिकास्थित सोनामाई शक्तिपीठमा लाग्ने भूतमेलाको तयारी पूरा भएको छ ।

हरेक वर्ष वडादसैँको चौथीदेखि अष्टमीसम्म सोनामाईमा लाग्ने भूतमेला यस वर्ष पनि सुरु भएको पुजारी केदार झाले जानकारी दिए । विशेषत बडादसैँको सप्तमी र अष्टमीको दिन चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ ।
भूत प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ । वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन–मृत्युको दोसाँधमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउनेबित्तिकै को–कसबाट सताइएको बारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको जनबिस्वाश रहेको छ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार