२०८० असोज ८ गते सोमवार

घरको छतबाट हामफालेर नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षले गरे आ’त्महत्या



असोज २१।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाप्रसाद चतुर्वेदीले आ’त्महत्या गरेका छन् । उनले चारतलामाथिबाट हामफालेर अ’त्महत्या गरेको भिडियो सिसी क्यामेरामा कैद भएको पाइएको काठमाडौं प्रहरीले बताएको छ ।

क्यामेरामा उनी तलामाथि गएको र हामफालेको पनि दृष्य कैद भएको प्रहरीले बताएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा लगिएको प्रहरीले बताएको छ । पोष्टमार्टमपछि थप तथ्य खुल्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।

भ्रष्टाचारसम्बन्धी कसूरमा उनी डेढ वर्ष जेल बसेका थिए । काठमाडौं–७, बुलबुलेमा उनको घर निर्माण हुँदैछ । उनी उक्त निर्माणाधीन घरको अगाडि उनको शव फेला परेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार