२०८० जेष्ठ २७ गते शनिवार

होसियार कतै तपाईमा यस्ता लक्ष्यणहरु त छैनन: थाइरोइड हुन सक्छ



असोज २१ ।

थाइरोइड घाँटीको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थी हो ।

उक्त ग्रन्थीबाट थाइरोक्जिन हर्मोन उत्पादन हुन्छ । थाइरोइडले उत्पादन गर्ने हर्मोन शरीरलाई सुचारु राख्न, शरीरको मेटाबोलिजम जस्ता विभिन्न कार्यहरूका लागि आवश्य हुन्छ । थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई हाइपोथाइराइडिजम भनिन्छ र बढी उत्पादन भएमा हाइपरथाइराइडिजम भनिन्छ ।
विश्वव्यापी आठमध्ये एक महिलामा थाइरोइसको समस्या छ । त्यस्तै, थाइरोइडको समस्या भएका ६० प्रतिशत महिलालाई यसको लक्षणहरूका बारे थाहा नभएको बताइन्छ । समयमा लक्षण पहिचान गर्न सके यसलाई नियन्त्रण गर्न वा सजिलै उपचार गर्न सकिन्छ । थाइरोइडको समस्या भएका मानिसको पाचन प्रणालीमा समस्या भई तौलमा परिवर्तन हुनसक्छ । थाइरोइड हर्मोनको स्तर कम हुँदा तौल बढ्ने र स्तर धेरै हुँदा तौल घट्ने हुनसक्छ ।

थाइरोइड हुँदा देखिने सामान्य प्रारम्भिक लक्षण भनेको घाँटी वरिपरिको छाला कालो हुनु हो । यसबाहेक छाला सुक्खा हुनु, टाउको चिलाउनु, छालाबाट तेल निस्कनु, नङ कमजोर भएर टुट्नु पनि यसको लक्षण हुनसक्छ । थाइरोइड समस्या भएकामा उर्जाको कमि, थकान बढी देखिन्छ । जसले मुटुको चाल बढाउने, शरीर काप्ने, मांसपेशी कमजोर हुने जस्तो अनुभव हुन्छ ।

थाइराइडले निद्रामा पनि असर गर्न सक्छ । धेरै सक्रिय थाइरोइडले मुड, स्नायु प्रणालीलाई असर गर्ने थकान तथा मांसपेशीलाई कमजोर बनाउने हुँदा यस्ता लगातार भावनाले निद्रामा समस्या निम्त्याउँछ । साथै दिनमा निद्रा लाग्ने सम्भावना बढाउँछ । यसबाहेक रातको समयमा पसिना आउनु, पटक-पटक पिसाब लाग्ने जस्ता लक्षण देखिन सक्छ जसले निद्रामा बाधा ल्याउने गर्छ ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार