
असोज १७।
नयाँ सिजनको फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो हार बेहोरेको छ । आइतबार साँझ पिएसजी रेन्नेससँग २–० गोलको हार बेहोरेको थियो ।
घरेलु मैदानमा रेन्नेसलाई जिताउन गाइतान लाबोर्डे र फ्लाभिएन टैटले एक–एक गोल गरेका थिए । पिएसजीका किलियन एम्बाप्पेले एक गोल गरेको भएपनि रेफ्रीले भिएआरको मद्दतमा उक्त गोललाई मान्या दिएका थिएनन् ।
खेलको ४५औँ मिनेटमा लाबोर्डेले गोल गर्दै रेन्नेसलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआतमा नै टैटले गोल गर्दै रेन्नेसको अग्रता दोब्बर बनाए ।
खेलको ६८औँ मिनेटमा एम्बाप्पे गरेको गोल रेफ्रीले मान्यता नदिँदा पिएसजीले खेलमा फर्किने मौका गुमाएको थियो ।
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार