२०८० जेष्ठ २७ गते शनिवार

लमहीमा बस पल्टिँदा ७ जना घाइते




दाङ, १७ असोज
काँकडभिट्टा देखि महेन्द्रनगर जादै गरेको मे १ ख ३२८८ नम्बरको यात्रु बस लमहीको राटो डाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरू मध्य दुई जनाको टाउकोमा चोट लागेको छ भने, अन्य पाँचजना सामान्य घाइते भएका छन् ।

आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियंत्रित भएर पलटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । बस सहचालकले गुडाई रहेको भन्ने बुझेका छौं”- उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार